स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो « Khabarhub

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्यसहित धरानमा विजिनेश एक्स्पो हुने भएको छ । धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रिया कार्यक्रमसमेत गरिने नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराएका छन् । 

शनिबारदेखि सुरु हुने ‘विजिनेश एक्स्पो धरान २०८१’ मा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था हुने एक्स्पो समितिका संयोजक राजेश अग्रवालले जानकारी दिए । भन्छन्, ‘सांस्कृतिक कार्यक्रममा कलाकारको उपस्थिति अनुसार न्यूनतम शुल्क तोकिएको भए पनि अन्य समयमा कुनैपनि प्रकारको शुल्क छैन । 

आम सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजातिको परिकार, स्थानीय उद्योगीका उत्पादन सुपथ मूल्यमा उपलब्धता गराउने समितिका संयोजक टंककुमारी गुरुङले बताइन् । साथै, उनले सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरू राजेश पायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइन् । 

गुरुङ थप्छिन्, ‘लोकबाजाहरूको अर्केष्ट्रा, ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको प्रस्तुति र स्थानीय डान्स सेन्टरहरूको प्रस्तुति रहनेछ । अर्को मनोरञ्जनका लागि खेल तमासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरूका लागि समेत मनोरञ्जनात्मक सामग्रीहरू राखिएको छ ।’

एक्स्पो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने आयोजकले जनाएको छ । साथै, कार्यक्रम धरान रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने पनि जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने