स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो « Khabarhub

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्यसहित धरानमा विजिनेश एक्स्पो हुने भएको छ । धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रिया कार्यक्रमसमेत गरिने नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराएका छन् । 

शनिबारदेखि सुरु हुने ‘विजिनेश एक्स्पो धरान २०८१’ मा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था हुने एक्स्पो समितिका संयोजक राजेश अग्रवालले जानकारी दिए । भन्छन्, ‘सांस्कृतिक कार्यक्रममा कलाकारको उपस्थिति अनुसार न्यूनतम शुल्क तोकिएको भए पनि अन्य समयमा कुनैपनि प्रकारको शुल्क छैन । 

आम सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजातिको परिकार, स्थानीय उद्योगीका उत्पादन सुपथ मूल्यमा उपलब्धता गराउने समितिका संयोजक टंककुमारी गुरुङले बताइन् । साथै, उनले सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरू राजेश पायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइन् । 

गुरुङ थप्छिन्, ‘लोकबाजाहरूको अर्केष्ट्रा, ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको प्रस्तुति र स्थानीय डान्स सेन्टरहरूको प्रस्तुति रहनेछ । अर्को मनोरञ्जनका लागि खेल तमासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरूका लागि समेत मनोरञ्जनात्मक सामग्रीहरू राखिएको छ ।’

एक्स्पो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने आयोजकले जनाएको छ । साथै, कार्यक्रम धरान रंगशालामा फागुन १० गतेसम्म सञ्चालन हुने पनि जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्