मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित « Khabarhub

मालपोत कार्यालय बारामा छड्के अनुगमन, १७ कर्मचारी अनुपस्थित


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट – जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलीको छड्के अनुगमन गरेको अनुगमनको क्रममा  मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरू अनुपस्थित रहेका थिए।

उक्त कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको सेवाग्राही द्वारा गुनासो आएपछि प्रमुख प्रशासकीय अधिकृत यादव नेतृत्वको टोलीले छड्के अनुगमन गरेका हुन्।

अनुगमनको क्रममा मालपोत अधिकृत चौधरी,नायव सुब्बा राजकिशोर चौधरी,रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह, प्रवेश हवारी,दीपेन्द्र चौधरी, प्रवीण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह , सुर्या दहैत अनुपस्थित रहेका थिए।

त्यसैगरी कार्यालय सहयोगी मुनिलाल हजारा, असर प्रसाद यादव, राजकिशोर यादव,चौकीदार श्यामबाबु यादव, तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको प्रशासकिय अधिकृत दीपेन्द्र प्रसाद यादवले बताएका छन्।

अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतान समेतको सहभागिता रहेको अनुगमन टोलीले अनुपस्थित कर्मचारीको हाजिरी काटेको जिल्ला मालपोत कार्यालय बाराका प्रमुख  प्रमुख सालिकराम ढकालले पुष्टी गरेका छन्।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : २१ बजे

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई