संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ « Khabarhub

संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परी चार जिल्लाबाट धरौटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद पुस ८ गतेदेखि निलम्बनको अवस्थामा छ ।

यस्तोमा शुक्रबार बसेको प्रतिनिधिसभाको उनको निलम्बन फुकुवाको माग उठेको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले निलम्बन फुकुवा माग गरेका हुन् ।

‘पूर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौटीमा रिहा भइसकेका हाम्रा सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले भनेका छन् ।

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दाबी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भनेका छन् ।

उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मूल्य महंगो पर्ने पनि बताए ।

त्यसैगरी सांसद विनिता कठायतले पनि रविमाथि सरकारले प्रतिशोध साँध्दै जिल्ला घुमाइएको बताइन् । उनले सरकारको उक्त कदमको कडा निन्दासहित तत्काल निलम्बन फुकुवा गर्न माग गरेकी छन् ।

कम्तीमा पनि ५ जिल्लाका सहकारीबाट ग्यालेक्सी टीभी चलाउन गोर्खा मिडिया नेट्वर्कमा रकम लगेको अभियोगमा लामिछानेमाथि मुद्दा चलिरहेको छ ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ । खासगरी कास्कीमा चलेको सम्पत्ति शुद्धीकरण मुद्दाका कारण सभामुख देवराज घिमिरेले लामिछानेलाई सांसदबाट निलम्बन गरेका थिए ।

लामिछानेले कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड ७९ लाख धरौँटी बुझाएर रिहा भइसकेका छन् । चितवनमा मुद्दा जानुअघि नै रविलेगत माघ १८ गते सभामुखलाई भेटेर निलम्बन फुकुवा गरिदिन माग गरेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : १५ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा