‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको कात्तिक १५ (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १०० दिन मनाएको छ ।

नायक विजय बराल स्टारर यस फिल्मले शुक्रबार प्रदर्शनको एक दिन मनाएको हो । यस फिल्म हाल शुक्रबार काठमाडौं र मोफसलका १० हलमा प्रदर्शनरत छ ।

१०० दिन मनाउने सफलता नेपाली फिल्मले विरलै पाउने गरेका छन् । यो वर्ष सबैभन्दा लामो समय हलमा टिकेको फिल्म पनि यही हो ।

यो सफलतामा साथ दिने दर्शकप्रति निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत् कृतज्ञता व्यक्त गरेका छन् । साथै, यो सफलतापछि अब दर्शकले १०० रुपैयाँमै ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हेर्न पाउने पौडेलले जानकारी दिएका छन् ।

यो फिल्मले अहिलेसम्म सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमानसमेत राखेको छ । निर्माण पक्षले १०० दिनको बक्स अफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

माघको दोस्रो साता फिल्मको ५१ दिनको सफलता मनाउने आयोजित कार्यक्रममा निर्माण पक्षले सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको जानकारी दिएको थियो । उक्त कार्यक्रममा यस फिल्मको सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी–२’ निर्माण घोषणा पनि गरिएको थियो ।

सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’मा विजयसहित नायिका अञ्जना बराइली, नायक मुकुन भुसाल, गायक तथा कलाकार प्रकाश सपुत र कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।

यसअघि वि.सं २०८० मा प्रदर्शनमा आएका फिल्म ‘जारी’ र ‘दिमाख खराब’ले १०० दिन मनाएका थिए । ०७४ मा प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ र ०७३ सालमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ पनि १०० मनाएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ३४ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी