‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, कीर्तिमानी व्यापार


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको कात्तिक १५ (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १०० दिन मनाएको छ ।

नायक विजय बराल स्टारर यस फिल्मले शुक्रबार प्रदर्शनको एक दिन मनाएको हो । यस फिल्म हाल शुक्रबार काठमाडौं र मोफसलका १० हलमा प्रदर्शनरत छ ।

१०० दिन मनाउने सफलता नेपाली फिल्मले विरलै पाउने गरेका छन् । यो वर्ष सबैभन्दा लामो समय हलमा टिकेको फिल्म पनि यही हो ।

यो सफलतामा साथ दिने दर्शकप्रति निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत् कृतज्ञता व्यक्त गरेका छन् । साथै, यो सफलतापछि अब दर्शकले १०० रुपैयाँमै ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हेर्न पाउने पौडेलले जानकारी दिएका छन् ।

यो फिल्मले अहिलेसम्म सबैभन्दा बढी व्यापार गर्ने कीर्तिमानसमेत राखेको छ । निर्माण पक्षले १०० दिनको बक्स अफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

माघको दोस्रो साता फिल्मको ५१ दिनको सफलता मनाउने आयोजित कार्यक्रममा निर्माण पक्षले सुरुवाती ८५ दिनमा घरेलु बजारमा मात्रै ४८ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको जानकारी दिएको थियो । उक्त कार्यक्रममा यस फिल्मको सिक्वेल ‘पूर्णबहादुरको सारङ्गी–२’ निर्माण घोषणा पनि गरिएको थियो ।

सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारङ्गी’मा विजयसहित नायिका अञ्जना बराइली, नायक मुकुन भुसाल, गायक तथा कलाकार प्रकाश सपुत र कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा छन् ।

यसअघि वि.सं २०८० मा प्रदर्शनमा आएका फिल्म ‘जारी’ र ‘दिमाख खराब’ले १०० दिन मनाएका थिए । ०७४ मा प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ र ०७३ सालमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ पनि १०० मनाएका थिए ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : ३४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा