सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन « Khabarhub

सत्ता अभ्यासका लागि नेवाः राष्ट्रिय परिषद् गठन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः हरुको सत्ता अभ्यासका लागि भन्दै नेवाः राष्ट्रिय परिषद् गठन गरिएको छ । काठमाडौंको कालिमाटीमा शुक्रबार कार्यक्रम आयोजना गरेर नेपाः मण्डलका नेता सुमन सायमीको संयोजकत्वमा १५ सदस्यीय परिषद्को सचिवालय गठन गरिएको हो ।

संयोजक सायमीले विज्ञप्ति जारी गरेर नेवाः लगायत ऐतिहासिक राष्ट्रियताहरू माथि इतिहासदेखि कायम रहेको औपनिवेशिकताबाट मुक्त गरेर सार्वभौमिकताको अभ्यास गर्ने परिषद्को मुख्य राजनीतिक कार्यभार रहने जनाएका छन् । 

सचिवालय सदस्यहरुमा रविन्द्रकुमार श्रेष्ठ, विकासबाबु श्रेष्ठ, शिवभक्त रञ्जित, कृष्ण मानन्धर, जिवपती श्रेष्ठ, इन्द्रप्रसाद श्रेष्ठ, सिवेश बज्राचार्य, कुमार श्रेष्ठ, अनित रञ्जितकार, अनु सायमी, रिना प्रधान र बेवी राज भण्डारी रहेका छन् । 

नेवाः सभ्यता विश्वकै प्राचीन सभ्यताहरू मध्येको एक मानिन्छ । वर्तमानको कतिपय समृद्ध मुलुकहरू पत्ता नलाग्दै नेवाःहरूले चीन, मंगोलिया, कोरिया, जापान तथा तीब्बतलाई आफ्नो समृद्ध ज्ञान परम्पराले प्रभावित पारिसकेको बताइन्छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०२ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध