पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हाईस्कुल पास गरेपछि युवाहरू देशमा बस्नै नसक्ने अवस्था आएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अरुणोदय स्मारिका–२०८१ लोकार्पण समारोहमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्।

भोजपुरको अरुणोदय माध्यमिक विद्यालय परिवारद्वारा आयोजित उक्त कार्यक्रममा उनले अहिले शिक्षा क्षेत्र बरालिँदै गएको पनि बताइन् ।

उनले भोजपुरमै जन्मेर हुर्किए पनि अरुणोदय मावि नपुगेको बताउँदै तर तर नजिकबाट देखेको सुनेको उल्लेख गरिन् ।

भण्डारीले इतिहास भनेको कटु सत्य भए पनि त्यसलाई लेख्दै थप्दै जानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘म पनि हाई स्कुल र आईए भोजपुरमै पढेको हो । त्योभन्दा अगाडि पढ्ने क्रममा सामाजिक, राजनीतिक कुरातर्फ गएको हुनाले बीचमै छाड्नुपर्‍यो । बुवा पनि माविको शिक्षक अनि हेडमास्टर पनि हुनु भएको हो।’

भण्डारीले पहिलेको जस्तो शिक्षा क्षेत्र अहिले नरहेको पनि बताइन् । ‘शिक्षा क्षेत्रलाई हामीले नजिबाट हेर्‍यौँ । अहिले हाम्रो शिक्षा क्षेत्र बरालिएको हो कि भन्ने लाग्छ । राष्ट्र निर्माणको मूल खम्बा शिक्षा हो । यसबाट राज्यको अंग बलियो बनाउनुपर्छ’, उनले थपिन्,‘अहिले हाई स्कुल पास गरेपछि युवाहरूलाई देशमै राख्न गाह्रो परेको देखिरहेका छौँ । गाउँका हाई स्कुलहरू शून्य-शून्य हुँदै गएका छन् । भौतिक रुपमा परिणाम ल्याएको छ कि छैन भन्ने सोच्नुपर्ने भएको छ ।’

उनले अहिले पनि हजारौँ विद्यालयमा भौतिक पूर्वाधार नरहेको बताइन् । ‘कुन क्षेत्रमा हामीले कति लगानी गर्ने, कस्तो शक्ति निर्माण गर्ने, योजना चाहिएको छ ।
हामीले हाम्रो युवाशक्तिलाई विदेशिनबाट रोक्न सकेका छैनौँ’, उनले भनिन् ।

भण्डारीले राष्ट्रिय अर्थतन्त्रको कुरा गर्ने हो भने कसैले पनि सन्तोष गर्ने ठाउँमा नभएको बताइन् । ‘राष्ट्रिय अर्थतन्त्रको कुरा गर्दा सन्तोष मान्ने ठाउँ छैन । व्यापार घाटा चुलिएको छ’, उनले थपिन्, ‘अर्थतन्त्र कमजोर भएकाले बाहिरबाट ल्याएर जीविका चलाउनुपर्ने अवस्था छ । हामीले हाम्रो भावी पुस्तालाई राम्रो शिक्षा दिन सक्नुपर्छ ।’

भण्डारीले निराशाबीच दुई ठूला दल मिलेर सरकार बनेकाले अब अस्थिरताको चिन्ता नरहेको सुनाइन् । ‘अहिले हामीलाई अनुकुल परिस्थिति छ । सरकार पनि स्थायी रुपमा चलिरहेको छ’, उनले अगाडि भनिन्, ‘तीन-तीन महिनामा सरकार फेरिएर कामै गर्न नसक्ने अवस्था थियो । अब त्यो तनाव छैन । दुई ठूला दल मिलेर देशलाई स्थायित्व दिने काम भएको छ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०० बजे

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा