अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी « Khabarhub

अधिवक्ता त्रिपाठीमाथि कुटपिट- पक्राउ परेका तीनै जनासँग अदालतले माग्यो जनही एक लाख धरौटी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट गर्नेहरुसँग धरौटी मागिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौं अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले त्रिपाठीलाई आक्रमण गर्ने तीन जनासँग जनही एक लाख रुपैयाँ धरौटी मागेको हो।

त्रिपाठीलाई अदालत परिसरमै गत माघ २ गते कुटपिट गरिएपछि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी,

दोलखा घर भई ललितपुरको टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशी र झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल भन्ने सीतादेवी राई र हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाईलाई अदालतले जनही १/१ लाख रुपैयाँ धरौटी मागेको हो।

त्रिपाठीलाई कुटपिट गरेपछि तत्कालै कडा अभिव्यक्ति दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई पाण्डेसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पाण्डेसँगै सीता पनि रास्वपा काठमाडौं ३२ की सभापति भनिए पनि उनीबारे पार्टीले केही बोलेको छैन । उता जैशी भने आफ्ना कार्यकर्ता रहेको रास्वपाले स्वीकारेको थियो।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका थिए । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको थियो ।

रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो ।

उनीहरुविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले ज्यान मार्न नहुने कसुरमा मुद्दा चलाएको थियो । त्रिपाठीले उनीहरूविरूद्ध ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएपछि पक्राउ गरेर हिरासत राखिएको थियो । रास्वपा सभापति लामिछाने पनि माघ २ मै काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटिसकेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ५३ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न