अधिवक्ता त्रिपाठीमाथि कुटपिट : पक्राउ परिन् झापाकी सीतादेवी राई « Khabarhub

अधिवक्ता त्रिपाठीमाथि कुटपिट : पक्राउ परिन् झापाकी सीतादेवी राई


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि यही माघ २ गते दिउँसो काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।

माघ २ गते पौने ४ बजेको समयमा काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर ‍बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राई पक्राउ परेकी हुन् ।

उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।

त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : २० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित