धादिङको खनियाँबासमा भारतीय सहयोगमा बन्ने स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर « Khabarhub

धादिङको खनियाँबासमा भारतीय सहयोगमा बन्ने स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास गरिएको छ ।

उक्त भवनको संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोग २ करोड ५१ लाख रुपैयाँमा कुरी स्वास्थ्य चौकी–बर्थिङ्ग सेन्टर निर्माण हुने भएको छ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थित थिए।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–बर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । यो स्वास्थ्य चौकी–बर्थिङ्ग सेन्टरले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने बताइएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस प्रदान गरिएको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले जनाएको छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ६ : १८ बजे

सरकारले निकाल्यो बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची

काठमाडौं- सरकारले बन्द हड्ताल गर्न नपाइने क्षेत्रको सूची सार्वजनिक गरेको

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारको अग्रसरता

काठमाडौं– स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष

बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

बुनिया (कङ्गो)- पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ