जब सीताराम अफताब आलमको हुलियामा भेटिए… « Khabarhub

जब सीताराम अफताब आलमको हुलियामा भेटिए…


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा यी दुवै तस्बिर एकै व्यक्तिको हो जस्तो लाग्दैन ?

धेरैलाई यी दुई तस्बिर जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताबको लाग्न सक्छ । जो अहिले कर्तब्य ज्यान सजाय काटिरहेका छन् ।
अफताब होइनन् भने को हुन् त अर्का व्यक्ति ? जुन तस्बिरको अहिले सामाजिक सञ्जालमा चर्चा छ ।

फिल्म ‘लाज शरणम्’को ट्रेलर र त्यसको गीत ‘हेर्दा हेर्दै’मा हुबहु आफ्तब जस्तै व्यक्ति देखिन्छन् ।

कतै अफताबले नै त फिल्म खेलेनन् ? भन्ने लागेको छ भने तपाईं सही हुनुहुन्न । फिल्मको ट्रेलर र गीतमा देखिएका यी व्यक्ति सीताराम कट्टेल ‘धुर्मुस’ हुन् ।

आफ्ना भाइ अर्थात् कुमार कट्टेल जिग्रीको निर्देशन रहने फिल्म ‘लाज शरणम्’मा सीतारामले निर्वाह गरेको चरित्रमा उनी अफ्ताबको हुलियामा देखिएका हुन् ।
निर्माण पक्षले सीतारामले निर्वाह गरेको पात्रको हुलिया अफ्ताबसँग मिल्नु संयोग मात्रै भएको जनाएको छ ।

हुन त फिल्ममा सीतारामको भूमिकाबारे निर्माण पक्षले गोप्य राखेको थियो । फिल्मका सहायक पात्रमा अनुबन्ध भएको खबर सार्वजनिक भए पनि सीतारामको अभिनय रहने गोप्य राखियो ।

सीताराम छायाङ्कनस्थल पुगेपछि उनको भूमिकाबारे चर्चा सुरु भयो । तर निर्माण पक्षले यो चर्चा सत्य नभएको दाबी गर्दै आएको थियो ।

निर्माण पक्षले पोस्टरमार्फत् सीतारामको अभिनय रहने जानकारी केही साताअघि मात्रै दिएको हो ।

अहिले सीतारामलाई अफताबसँग दाँजेर हेर्ने गरिएको छ । सामाजिक सञ्जालमा उनले अफताबको गेटअप हुबहु नक्कल गरेको प्रतिक्रिया आउँदै छ ।

कमब्याक फिल्ममा आफ्तब

सीताराम वि.सं. २०७२ सालको भूकम्पपछि समाज सेवामा जुटे । ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनमार्फत् समाज सेवामा सक्रिय भए ।

०७४ मा जनताबाट पैसा उठाएर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण जुटे । तर, कोभिड महामारीसहितका संकटका कारण उनको यो योजना असफल भयो ।

यही रंगशाला निर्माणका लागि आर्थिक जोहो गर्न सीतारामले फिल्म ‘सेन्टी भाइरस’ निर्माण गरेका थिए । समाज सेवामा लागेयता उनले कलाकारिता क्षेत्रमा देखिने गरी गरेको काम त्यही फिल्म हो ।

रंगशाला निर्माणमा असफल भएपछि सीताराम कलाकारितामा फर्किसकेका छन् । उनी अहिले विभिन्न स्टेज कार्यक्रममा देखा पर्न लागेका छन् ।

उनको कमब्याक फिल्म भने ‘लाज शरणम्’ हो । जसको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तोकिएको छ ।

फिल्मका प्रचार सामाग्री र चर्चा बुझ्दा सीताराम ‘लाज शरणम्’को केन्द्रीय भूमिकामा छन् ।

यस फिल्ममा उनले निर्वाह गरेको चरित्रले अहिले सामाजिक सञ्जलामा सकारात्मक प्रतिक्रिया पाएको छ ।

चरित्र निर्माणमा निपुणः

सीतारामलाई आफ्नो आफ्नो वास्तविक नामभन्दा टेलिसिरियल ‘मेरी बास्सै’का ‘धुर्मुस’ भनेर बढी चिन्ने गरिन्छ ।

चरित्र निर्माणमा उनको दख्खल यहीँबाट प्रष्ट हुन्छ । आफ्नो वास्तविक परिचय नै सिरियलमा निर्वाह गरेको पात्रले ओझेलमा परेको छ ।

अर्कोतर्फ सीताराम एकै सिरियलमा सबैभन्दा बढी पात्र निर्वाह गर्ने कलाकारका रुपमा पनि लिइन्छ ।

सीतारामले ‘मेरी बास्सै’मा धुर्मुससहित करिब दुई दर्जन पात्र निर्वाह गरेका छन् । तीमध्ये केही त लोकप्रिय समेत छन् ।

उनले मेरी बास्सैमा निर्वाह गरेको र दर्शकले रुचाएको पात्रहरु हुन्– खड्काजी, मुस्कान पासा, केपी ओली र खडानन्द बाबा ।

कम ब्याक फिल्ममा पनि सीताराम अफ्ताबको गेटअपमा देखिएका छन् । अब हेरौं उनको यो भूमिकालाई दर्शकले कत्तिको रुचाउलान् ?

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ४७ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।