सौगातसँग चैत ३ मा विवाहबारे के भन्छिन् सृष्टि ? | Khabarhub Khabarhub

सौगातसँग चैत ३ मा विवाहबारे के भन्छिन् सृष्टि ?


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र सृष्टि श्रेष्ठ करिब ४ वर्ष प्रेम सम्बन्धमा बसे । कुनै समय यो जोडीलाई नै एकै फिल्म प्रस्तावसमेत आउने गर्थ्यो । यो जोडीले एकले अर्कालाई फिल्ममा लिनुपर्ने सर्त राख्छन् भन्नेसम्म सुनिन्थ्यो ।

वि‍.सं. २०७९को चैतमा उनीहरुको सम्बन्धमा दरार आयो । ब्रेकअप भएको चर्चा चल्यो । यो कुरा दुवैले स्वीकार गरे । अभिनय बढी समय दिन सहमतिमै अलग भएको यी दुईले बताएका थिए ।

ब्रेकपछि पनि यी दुई एकै फिल्ममा अनुबन्ध भइरहेका छन् । ‘भाइरल गोर्खे’ फिल्मको छायाङ्कनको क्रममा यी दुई नजिक भएको बुझिएको छ ।

छुटिएको यो जोडीको गत माघमा विवाहको समेत चर्चा चल्यो । चैत ३ मा विवाह गर्दैछन् भन्ने समाचार पनि आए । तर, यसमा सृष्टिको मौन बसिन् । उनको मौनताले यो चर्चाले थप बढवा पायो ।

उनले कुनै खण्डन नगरी मौन बस्दाको अवस्थालाई धेरैले विवाहको खबर सत्य रहेको रुपमा स्वीकार गरे ।

तर, चैत ३ गते सौगातसँग विवाहको कुरा उनले ठाडै अस्वीकार गरिन् । उनले भनिन्, ‘चैत ३ मा विवाह भन्ने समचार सत्य होइन ।’

‘त्यसो भए अन्य मितिमा चाहिँ सौगतसँग विवाह हुन लागेको हो ?’ भन्ने प्रश्न सोधियो । उनको जवाफ थियो, ‘अहिलेका लागि विवाहको कुरा सत्य होइन ।’

कमल पोखरीको एक हलमा आफ्नो अभिनय रहेको फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक कार्यक्रममा बिहीबार सृष्टि उपस्थित थिइन् । त्यहाँ भने सृष्टिले सौगतसँगको प्रेम र विवाहबारे केही खुलासा गरिन् ।

विवाहको झुटो खबरमा मौन बस्नुको कारणबारे भनिन्, ‘विवाहबारेको समाचारको खण्डन नगर्नुको कारण चाहिँ झन् यो विषय जटिल बन्छ भनेर हो । समय नै सबै कुरा भन्छ भनेर मौन बसेँ ।’

सृष्टिको यो जवाफले सौगातसँग सम्बन्ध सुधारिएको संकेत गर्छ । उनीहरुको ‘प्याचअप’ भएको चर्चालाई बढवा दिन्छ ।

सौगातसँग सम्बन्ध सुधार भएको सृष्टि पनि स्वीकार गर्छिन् । उनी भन्छिन्, ‘हामी धेरै नराम्रो भएर छुटिएका थिएनौं । अहिले हामीबीच राम्रो छ ।’ उनले ‘प्याचअप’को कुरा भने स्वीकार गरिनन् ।

प्रेम, विवाह, ब्रेकअप, प्याचअपबारे हाम्रा कलाकारको बोली फेरिरहन्छ । हरौं सृष्टि आफ्नो बोलीमा कति अडिक छन् !

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ३४ बजे

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा