नेप्से समीक्षा : एक दिन बढ्दा साताअघिकै विन्दुमा परिसूचक, कारोबारमा उछाल  | Khabarhub Khabarhub

नेप्से समीक्षा : एक दिन बढ्दा साताअघिकै विन्दुमा परिसूचक, कारोबारमा उछाल 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन चौथो साता अर्थात् १८- २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साताकै विन्दुमा आएको छ । 

सातामा पूरा ५ दिन नेप्से कारोबार हुँदा ४ दिन बजार घट्यो भने एक दिन बजार बढ्यो । आइतबारको बढाइले नै नेप्सेको अघिल्लो साताको विन्दुमा नेप्से पुगेको छ । ४ दिन बजार घट्दा पनि समग्रमा नेप्से भने ३.३९ अंकले बढेको छ । 

अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २८१५.०४ विन्दुमा रहेको परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा झिनो अंकले बढेर २८१८.४३ विन्दुमा आएको छ । आइतबारको ७५.२४ अंकको वृद्धिले नै ४ दिन बजार घट्दा पनि नेप्से झिनो अंकले बढ्न सकेको हो । 

यो साता नेप्सेमा सामान्य अंकको मात्र वृद्धि देखिए पनि कारोबारमा भने उछाल आएको छ । सो साता ५ दिनको अवधिमा ६२ अर्ब ५५ करोड ५९ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। जुन औसतमा दैनिक १२ अर्ब ५१ करोड ११ लाख ९० हजार रुपैयाँको भएको छ । 

यो साता १२ करोड ९१ लाख ८२ हजार ५३९ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड ५८ लाख ३६ हजार ५०८ कित्ता शेयर कारोबार भएको छ । 

सातामा ५ लाख ९६ हजार ९८५ पटक शेयर किनबेच हुँदा दैनिक औसत भने १ लाख १९ हजार ३९७ पटक शेयर किनबेच भएको छ । 

कुन दिन कस्तो थियो बजार ?
 
यो साताको सुरुवात भने नेप्सेले राम्रो गरेर सुरु गरेको थियो । आइतबार नेप्से ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से २.६७ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २८९०.२८ विन्दु नै र न्यूनतम २८२६.८६ विन्दु पुगेको थियो । 

आइतबार नेप्से बढ्दा कारोबारमा भने उछाल आएको थियो । आइतबार एकै दिन १४ अर्ब २५ करोड ४ लाख ७५ हजार रुपैयाँ बराबरको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३०२ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३९ हजार ५९६ पटक शेयर किनबेच भएको थियो । 

आइतबार बढेको बजार सोमबार भने घट्न गयो । सोमबार नेप्से १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ विन्दुमा पुगेको थियो । सोमबार बजारमा ६० अंक भन्दा बढीको उतारचढाव देखिएको थियो । आइतबार परिसूचक उच्चतम २९२९.२१ विन्दु र न्यूनतम २८६७.४६ विन्दुमा पुगेको थियो । 

सोमबार अन्तिममा बजार घटे पनि कारोबार भने आइतबारको तुलनामा केही बढेको थियो । उक्त दिन १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको थियो । सोमबार ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख ३९ हजार ५५५ पटक शेयर किनबेच भएको थियो । 

बजारको ओरालो यात्रा मंगलबार पनि कायम नै रहेको थियो । मंलबार नेप्सेमा अझ ठुलो अंकको गिरावट आएको थियो । उक्त दिन नेप्से ३०.३६ अंकले घटेर परिसूचक २८४६.३० विन्दुमा पुगेको थियो । 

बजार बन्द हुँदा मंगलबार नेप्से १.०५ प्रतिशतले घट्दा ५२ अंकले उतारचढाव भएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २८९४.६२ विन्दु र न्यूनतम २८४२.७८ विन्दुमा पुगेको थियो । 

नेप्से लगातार २ दिन घटेपछि मंगलबार कारोबार रकमा पनि गिरावट आएको थियो । उक्त दिन १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरमा कारोबार सीमित भएको थियो । 

मंगलबार ३१८ वटा कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर १ लाख २२ हजार ३३६ पटक किनबेच भएको थियो । 

बजारको ओरालो यात्रा बुधबार पनि कायम नै रह्यो । बजार लगातार बढेर दुई दिनको बजारलाई प्रफिट बुक भनिएको बजारमा तेस्रो दिन पनि गिरावट आएको थियो । बुधबार नेप्से मंगलबारको तुलनामा भने कम अंकले घटेको थियो ।

बुधबार नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.८८ प्रतिशतले घट्दा बजारमा ४२ अंकको आएको थियो । 

बुधबार नेप्से परिसूचक उच्चतम २८८५०.१६ विन्दु र न्यूनतम २८०८.७५ विन्दुमा आएको थियो । 

बुधबार बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको थियो । उक्त दिन १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बारबरको मात्र कारोबार भएको थियो । 

बुधबार ३०८ वटा कम्पनी कारोबारमा आउँदा २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर १ लाख १ हजार ६०३ पटक किनबेच भएको थियो । 

साताको अन्तिम शेयर बजार पनि अन्तमा गएर घटेरै बन्द भयो । बजार झिनो अंकले घटे पनि कारोबार भने बढ्न सकेन । बिहीबार नेप्से २.७० अंकले मात्र घट्दा परिसूचक २८१८.४३ विन्दुमा पुग्यो । 

बिहीबार नेप्से ०.०९ प्रतिशतले घट्दा बजारमा २३ अंकको मात्र उतारचढाव देखिएको थियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २८३४ विन्दु र न्यूनतम २८११.३७ विन्दुमा पुगेको थियो । 

नेप्सेको लगातार ओरालो यात्रासँगै कारोबार घट्नेक्रम पनि जारी नै रहेको थियो । बिहीबार ३१० वटा कम्पनी कारोबारमा आउँदा १० अर्ब १० करोड १८ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयर ९३ हजार ८९५ पटक किनबेच भयो । 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : ३७ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि