आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प « Khabarhub

आयातमा कर बढाउने निर्णयबाट ‘ब्याक’ भए ट्रम्प

शेयर बजार नकारात्मक बनेपछि एक महिनालाई निर्णय स्थगित


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको करको निर्णय एक महिनाका लागि रोकेका छन्।

आयातमा कर बढाउने निर्णयबाट ब्याक भएका ट्रम्पले क्यानडा र मेक्सिकोबाट थप सामान ल्याउने गरी हस्ताक्षर गरेका छन्।

अमेरिकाले आफ्ना पुराना व्यापारी साझेदारसँग दुई दिनमा दुई फरक निर्णय गरेको हो। ट्रम्पकै निर्णयका कारण वित्तीय क्षेत्रमा चिन्ता समेत छाउन थालेको छ।

अमेरिकाको यो निर्णयपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियनबोमले धन्यवाद ज्ञापन गरेकी छिन्। साथै क्यानडाका वाणिज्य मन्त्रीले क्यानडाले पनि अमेरिकी सामानमा लगाउने भनिएको करको निर्णयलाई अहिले रोक्ने निर्णय गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले दुई देश छिमेकी तथा सहयोगी देशको व्यापार युद्धले दुवै देशलाई घाटा हुने प्रतिक्रिया दिएका थिए।

बिहीबार अमेरिकाको शेयर बजारमा नकारात्मक असर परेको थियो। यसै कारण ट्रम्प आफ्नो निर्णयबाट पछि हटेका हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : १२ बजे

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष