१० जना सुतिरहेको टहरामा टिपर पसेपछि… « Khabarhub

१० जना सुतिरहेको टहरामा टिपर पसेपछि…


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौंको साँखुस्थित सलम्बुटारको एउटा सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका थिए । ३ बजेर ४० मिनेटको समयमा शंखरापुर नगरपालिका-६ मा पर्ने उक्त संस्थाले बनाएको टहरामा अनियन्त्रित भएर पसेको टिपरले तीन जनाको ज्यान लियो।

बा २ क ६५८० नम्बरको अनियन्त्रित टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको हो ।

साँखु प्रहरी प्रभागले दिएको विवरण अनुसार टहरामा सुतिरहेका १० जनामध्ये तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१/२१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।

अन्य सात जनाको अवस्था भने सामान्य छ । उनीहरु ठुलो दुर्घटनाबाट बचेका छन् । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका१२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । चालक माझीलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ भने टिपर प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छ।

यो पनि

शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : ०७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको