१० जना सुतिरहेको टहरामा टिपर पसेपछि… « Khabarhub

१० जना सुतिरहेको टहरामा टिपर पसेपछि…


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौंको साँखुस्थित सलम्बुटारको एउटा सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका थिए । ३ बजेर ४० मिनेटको समयमा शंखरापुर नगरपालिका-६ मा पर्ने उक्त संस्थाले बनाएको टहरामा अनियन्त्रित भएर पसेको टिपरले तीन जनाको ज्यान लियो।

बा २ क ६५८० नम्बरको अनियन्त्रित टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको हो ।

साँखु प्रहरी प्रभागले दिएको विवरण अनुसार टहरामा सुतिरहेका १० जनामध्ये तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१/२१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।

अन्य सात जनाको अवस्था भने सामान्य छ । उनीहरु ठुलो दुर्घटनाबाट बचेका छन् । दुर्घटनाग्रस्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका१२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । चालक माझीलाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ भने टिपर प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छ।

यो पनि

शुक्रबार बिहान साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : ०७ बजे

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको