जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु « Khabarhub

जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।

त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो ।

सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ९ : २१ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति