स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल « Khabarhub

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरबपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरिएको थियो ।

स्पेसएक्सले उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको बताएको थियो । अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको थियो ।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिएको थियो ।

यो रकेट परीक्षणको आठौँ मिसन थियो र यो यसको लगातार दोस्रो असफलता रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २१ बजे

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी