प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख « Khabarhub

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् । 

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसद्मा विचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफू जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् । 

प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताए । 

सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे ।

कुनै पनि कानूनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको उनले बताए । 

उनले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ अवसर खोज्नका लागि सरोकारवाला निकायबीच समन्वय हुनुपर्ने जिकिर गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारी सिर्जना गर्ने, सरकारलाई कर तिर्ने पूर्वाधार बनाउने काम अभिसाप हो की जस्तो देखिएको बताए । 

उनले पूर्वाधार निर्माणमा राजनीतिक नेताहरूकै विरोध आउने गरेको भन्दै यसले समाजमा राम्रो सन्देश नजाने जिकिर गरे।

ढकालले पूर्वाधार निर्माणमा अवरोध भए समृद्ध नेपालको अभियान सफल हुन नसक्ने बताए । कार्यक्रममा विभिन्न संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी