प्रधानमन्त्री ओली २५ गते धनगढी आउने « Khabarhub

प्रधानमन्त्री ओली २५ गते धनगढी आउने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली फागुन २५ गते धनगढी आउने भएका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा विशेष संबोधन र सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन ओली धनगढी आउन लागेका हुन् । 

फागुन २५ गते अर्थात आइतबार दिउँसो १ बजे प्रदेश सभामा सम्बोधनको कार्यक्रम राखिएको छ । 

सोही दिन कंचनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । सुदूरपश्चिममा रहँदा हुने अन्य कार्यक्रम बारे भने जानकारी गराइएको छैन ।  

ओलीले यस अघि नेकपा नेतृत्वको सरकारको बेला पनि सुदूरपश्चिम प्रदेश सभामा संम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा विशेष सम्बोधनका लागि सुर्खेत पुगेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ३३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी