उपप्रमुख डंगोलको अध्यक्षतामा फार्मेसी सञ्चालन व्यवस्थापन समितिको बैठक  | Khabarhub Khabarhub

सुलभ फार्मेसी : महानगर स्वर्णिम योजना

उपप्रमुख डंगोलको अध्यक्षतामा फार्मेसी सञ्चालन व्यवस्थापन समितिको बैठक 

सुलभ औषधि पसलका लागि प्रकार र परिमाण अध्ययन हुने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुलभ फार्मेसीअन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन हुने भएको छ । 

बिहीबार महानगरपालिकाका उपप्रमुख एवं सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले, बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो । 

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आबद्ध नभएका नागरिकहरूका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरू जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य हो । 

औषधिको ब्राण्ड नामका आधारमा नभई औषधिमा भएका तत्त्वका आधारमा बिरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो । 

यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ । यही निर्देशिकाअनुसार महानगरपालिकाले औषधि पसलहरूको नियमन गर्न सकिन्छ । 

महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरूको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुखको सुनिता डंगोलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट म्रमुखले मनोनयन गरेको विज्ञ सदस्य छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव छन्।  

बैठकमा नार्कोटिक, एन्टिवायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन सकिने र ओटिसी (ओभर द काउन्टर) औषधि प्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने औषधिको सम्भावित मागका विषयमा छलफल भएको थियो । 

महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ । 

उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक विक्रेता, थोक विक्रेता, खुद्रा विक्रेताको कमिसन, कतिपय औषधिमा दिइनेछ बोनस जस्ता तहका कारण औषधिको मूल्य चर्को भएको उपभोक्ताहरूको गुनासो सुनुवाइ गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ । 

सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहत हुनेछ । 

छलफलमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप ५ वटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र हालका लागि यो नमूना कार्यक्रमका रूपमा सञ्चालन गर्न लागिएको बताए । 

‘यसबाट प्राप्त हुने अनुभव, सिकाइ र पृष्ठपोषनका आधारमा थप स्थानहरूमा सुधार गर्दै बिस्तार गर्ने योजना रहेको छ।’ महर्जनले योजना सुनाए ।

यसरी सञ्चालन हुने फार्मेसीबाट प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमा पार्ने जोखिम सकिन्छ । यसो हुनु भनेको स्वार्थ प्रेरित औषधि दिने क्रम सकिनु हो । यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ । 

छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसी विज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागका अधिकारीहरु सहभागी थिए । त्यस क्रममा सहरी योजना आयोगका इञ्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ् डिजाइन प्रस्ताव पेश गरेका थिए।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ०० बजे

कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

काठमाडौं– नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

मकवानपुर– हेटौँडा उपमहानगरपालिकाका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको

सोमबार हुने शान्ति वार्तामा इजरायली प्रतिनिधिमण्डल दोहा जाने

काठमाडौं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामका लागि वार्ता

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

बार्सिलोनाका टिम डाक्टरको निधनले खेल रुद्ध

काठमाडौं – स्पेनिस ला लिगाको शनिबार निर्धारित ओसासुनासँगको खेल रुद्ध