इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास « Khabarhub

इटहरीमा हुँदै ‘इस्टर्न टुरिजम मार्ट’, कोशीको पर्यटन उक्सिने विश्वास


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड महामारीपछि थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा तीन दिने इस्टर्न टुरिजम मार्ट हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाको आयोजनामा उक्त पर्यटन मेला हुन लागेको हो । मेलामा भारतका बङ्गाल, बिहार र सिक्किम तथा र भुटानकासमेत एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने मेला आयोजक समितिका अध्यक्ष देवी गौतमले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहँदा मार्टले पर्यटनको प्रवर्द्धन गर्नेछ । मार्टमा कोशी प्रदेशभर रहेका पर्यटकीय गन्तव्य बारे जानकारी दिने एक सय ५० वटा स्टल राखिनेछन् ।

‘कोशी प्रदेशको पर्यटनको विकास र प्रवर्द्धनका लागि यो एउटा एकीकृत प्रयास हो’ गौतमले भने, ‘हाम्रो क्षेत्रमा मुख्य भारतीय पर्यटकहरूको मुख्य चासो रहेको हुँदा उनीहरूको चाहना र हाम्रो सम्भावना तथा सेवा बारे जानकारी आदान–प्रदान नै मुख्य लक्ष्य हो ।’

इटहरीको सोल्टी होटेलमा हुने मार्टको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् । कोशी प्रदेशबाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरूबाट पर्यटन सम्बद्ध स्टलमार्फत समग्र कोशी प्रदेशको सम्भावना उजागर हुने आयोजक समितिका सचिव वासुदेव बरालले बताए ।

उनका अनुसार फागुन २६ गते धरान, भेडेटार, वराहक्षेत्र, कोशीटप्पु, रामधुनी लगायतका स्थानहरूको भ्रमण कार्यक्रम रहको छ ।

कार्यक्रममा चौधरी समुदायको घर र पहाडी समुदायको घर आकर्षणको रूपमा रहने छ । यसका साथै पूर्वको पर्यटन पूर्वाधारमा ठूलो लगानी गर्ने व्यवसायीहरूलाई पर्यटन अवार्डद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा करिब ६० लाख खर्च हुनेछ । नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आधा खर्च बेहोर्ने छ भने बाँकी आधा खर्च निजी क्षेत्रले बेहोर्ने सहमति छ ।

‘कोभिडपछि पर्यटन व्यवसायी अत्तालिएका छन्’ बरालले भने ‘यस्ता मेला–महोत्सवले व्यवसायीलाई उत्साह भर्नेछ । पर्यटन क्षेत्रमा नेट्वर्किङ स्थापित भएर दिगो पर्यटन व्यवसाय सञ्चालनको आधार बन्ने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : २२ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन