सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ | Khabarhub Khabarhub

सप्तरीमा २ हजार २५१ किलोको गाँजा गोदाममा छापा, एक भारतीय पक्राउ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सप्तरी प्रहरीले लागूऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेको छ।

प्रहरीले राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मारेर २ हजार ४५१.५ किलो गाँजा बरामद गरेको छ ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे साहको गोदाममा छापा मारी गाँजा बरामद गरेको हो ।

यस क्रममा उक्त गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादव पक्राउ परेका छन् ।

यादव उक्त घरमा भाडामा बस्दै आएका थिए। उनलाई २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको खतिवडाले बताए ।

सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ।

प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने प्रयोजनका लागि गाँजा भण्डारण गरेर राखेको बताए।

‘उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा जम्मा पारे अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘यो गाँजा भारत तस्करीका लागि राखिएको भन्ने हामीले बुझेका छौँ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास