कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस् « Khabarhub

कुलमानलाई महावीरको सुझाव- संखुवासभामा चुनाव लडेर दु:ख दिने मन्त्रीलाई गुल्ट्याइदिनुस्


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई राजनीतिमा उत्रिन सुझाएका छन् ।

पुनले शुक्रबार एक फेसबुक पोस्टमार्फत् आफुलाई दुख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्र (संखुवासभा) बाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाएका छन् ।

उनले कुलमानलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताए । त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउनुका साथै नेताहरूलाई पनि पंगु बनाउने उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले माइनस ९९ नम्बर दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुबाउँछन् र नेताहरूलाई पंगु बनाउँछन । अनि आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याइदिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ३० बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य