सञ्चारमन्त्री भन्छन्- पूर्वराजाले आफ्नो हैसियत बिर्सिए, अरू देशमा भए जेलमा हुन्थे « Khabarhub

सञ्चारमन्त्री भन्छन्- पूर्वराजाले आफ्नो हैसियत बिर्सिए, अरू देशमा भए जेलमा हुन्थे


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल उदार मुलुक भएकोले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको स्मरण गराए । उनले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

नेपाल उदार मुलुक भएको भन्दै व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको टिप्पणी गरेका छन् ।

‘यो मुलक त २४०-५० भन्दा बढी बर्षसम्म जनतालाई शोषण गरेको राजतन्त्र र परिवारलाई व्यवस्था उल्टिएपछि उनीहरू सबै जेलमा बस्नुपर्ने हो, उनीहरूको सम्पत्ति जफत गर्नुपर्ने हो’, गुरुङले भने, ‘तर हामीले उनलाई सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेका छौँ । आज उनैले यो व्यवस्थाप्रति कटाक्ष गर्दै, म फेरि फर्कन्छु भनेर जुन हर्कत गरिरहेका छन्, उनले आफ्नो हैसियत बिर्सेको हो, हामीले गरेको उदार प्रबन्ध भुलेको हो ।’

राजाले संसारका कुनै पनि देश बचाउन नसकेको तर्क उनले गरे । ‘राजाले कसरी देश बचाउँछ ? दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने त्यो राजा, दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुदैन’, उनले भने, ‘जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हुँदैन, जहाँ एउटा कुलमा जन्मेको कारण ३ करोड जनतामध्ये सबैभन्दा योग्य ठहरिन्छ । त्यसको शासनमा हामी बस्नुपर्न बाध्य परिन्छ, त्यस्तो व्यवस्थाको वकालत गर्दै हिँड्ने लोकतन्त्रवादी हुन् की होइनन् विचार गर्नुपर्छ ।’

मन्त्री गुरुङले राजतन्त्र गएको राजसंस्थाको गल्तीकै कारण राजतन्त्र गएको बताए । उनले अर्को कारणका रुपमा सामन्ती उत्पादन प्रणाली बिघटन भएकोले राजसंस्था गएको उल्लेख गरे ।

मन्त्री गुरुङले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि त्यो सीमामा हुनुपर्ने बताए । लोकतन्त्रमा पनि सीमा भएको उल्लेख गर्दै आफ्नो अधिकार प्रयोग गर्दा सीमाभित्र रहेर गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  २ : ४४ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट