एमाले मोरङ : दुई सय मत गन्‍न बाँकी हुँदा ढकालको प्यानलै जितनजिक, संस्थापनलाई धक्का « Khabarhub

एमाले मोरङ : दुई सय मत गन्‍न बाँकी हुँदा ढकालको प्यानलै जितनजिक, संस्थापनलाई धक्का


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशनको मतगणना अन्तिमतिर पुग्दै गर्दा संस्थापन पक्षको पूरै प्यानलले धक्का ब्यहोर्ने करिब निश्चित भएको छ ।

अहिलेसम्म ६८० मत गनिसक्दा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन पाएको प्यानलले हार्ने अवस्था आएको छ ।

८८८ मत खसेकोमा अब २०८ मात्रै गन्‍न बाँकी रहेको अवस्थामा अध्यक्षसहित पाँचजना पदाधिकारीमा एमाले कोशी प्रदेश अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले निरन्तर पकड बनाएको छ।

अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ताजा अवस्थामा ३३२ मत पाएका छन् । उता ओली, महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य शेरधन राईसहितको साथ पाएका राजकुमार ओझा ३२१ मतसहित पछ्याउँदैछन् । यी दुईजनाबीच अहिले ११ मतको अन्तर छ ।

उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत ल्याइसक्दा उनीसँग प्रतिस्पर्धामा गरिरहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बू भुजेलले ३०५ मत ल्याएकी छन्।

सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याइसकेका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले २८७ मत ल्याएका छन् । यो पदमा ढकाल पक्षीय थापाले जित करिब पक्का गरिसकेका छन् ।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मतसहित पछ्याइरहेका छन् । यस पदमा पनि बान्तावाको जित करिब पक्का भएको छ ।

अर्कातिर महिला सहसचिवमा भने संस्थापन पक्षीय शिल्पा निराला कार्कीले ३२३ मतसहित पकड बनाएकी छन् । अहिलेसम्मको गणनामा संस्थापन पक्षबाट जिततिर उन्मुख उनी एक मात्रै उम्मेदवार हुन् । उनकी प्रतिद्वन्द्वी उषा झाले ३०८ मत ल्याएकी छन् । महिला सहसचिवबाहेक सबै पदमा संस्थापन पक्षको पकड कायमै छ ।

अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना जारी छ । निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। अब गन्न बाँकी २०८ मत रहेको छ ।

एमाले मोरङको जिल्ला अधिवेशन नेताहरूका लागि प्रतिष्ठाको विषय बनेको छ। ढकाललाई एमालेका शीर्ष नेताहरू जुटेर कोशी प्रदेश अध्यक्षमा हराएका थिए। उनी त्यसबेला ओलीको साथ पाएका घनश्याम खतिवडासँग पराजित भएका थिए।

कुनैबेला ओलीकै संरक्षण पाएका ढकाल कोशी प्रदेशको चुनावपछि किनारा पारिएका नेता हुन् । यस्तो अवस्थामा कारबाही गरिएका सागर थापासहितको प्यानल बनाएर उनी चुनावमा होमिएका थिए । ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ मिलेको चर्चा छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : २५ बजे

संसद्‍बाट प्रधानमन्त्रीले भने : नेपालले पनि भारतीय भूमि मिचेको रहेछ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी विवाद समाधानका लागि सरकारले तत्परता देखाइसकेको

सदनमा प्रधानमन्त्रीले भने- भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको रहेछ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालको भूभाग भारतले मात्रै नमिचेर भारतको

आत्मविश्वास भन्दापनि पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले देशलाई स्तरोन्नतीको विषयमा भन्दा पनि

संसद्‍मा प्रधानमन्त्रीको जवाफ : ३५ वर्षमा नभएको कुरा ३५ मिनेटमै नखौजौँ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाले काठमाडौं उपत्यकाको

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

काठमाडौं– देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको