‘बी डिभिजन’ लिगको तयारी पूरा, १४ क्लबले प्रतिस्पर्धा गर्दै « Khabarhub

‘बी डिभिजन’ लिगको तयारी पूरा, १४ क्लबले प्रतिस्पर्धा गर्दै


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि सुरु हुने सहिद स्मारक बी डिभिजन लिगको तयारी पुरा भएको छ । 

एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिँदै बी डिभिजन लिगमा सिङगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरू संचालन हुने जानकारी दिएको हो । प्रतियोगिताको खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ ।

प्रतियोगितामा देशभरका १४ क्लबहरु आरसिटी, श्री भगवती क्लब, दुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, विरगंज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ्ग ब्वाइज युनाइटेड को सहभागिता रहने एन्फाले जनाएको छ ।

प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भीआइपी पारापिटतर्फ ३०० तय गरिएको छ भने एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य पारापिटतर्फ १०० कायम गरिएको छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम एचडी टेलिभिजन र प्राइम एचडीको युट्युव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

जसमा प्रथम पुरस्कार १५ लाख, द्वितीय पुरस्कार १० लाख र तृतीय पुरस्कार ५ लाख रहेको छ भने फेयर प्ले टिमलाई एक लाख पुरस्कार दिइने एन्फाले जनाएको छ । त्यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई ५०-५० हजार दिइने छ । त्यस्तै हरेक खेलका प्लेयर अफ द म्याचलाई ७ हजार ५०० दिइने एन्फाले जानकारी दिएको छ ।

प्रतियोगिताको हरेक खेलमा विजयी टोलीलाई थप २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई १०-१० हजार प्रदान गरिनेछ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रहेको एन्फाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ०४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी