रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद « Khabarhub

रौतहटमा १७ जना प्रतिवादी पक्राउ, तीन लाख बराबरको अवैध सामान बरामद


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत शुक्रबार थप १७ जनालाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा दोषी ठहर भएर जिल्ला अदालत रौतहटबाट दण्ड सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

चेक अनादर, किर्ते जालसाजी, जुवा र नाता कायम मुद्दामा फरार रहेका दिनेशमान श्रेष्ठ, शेख अल्लाहुदिन, महमद हैदरअली, शेखरमान श्रेष्ठ, रामएकवाल चौधरी, नारायण प्रसाद घिमिरे, जुमराती अन्सारी, इदन खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।

त्यसैगरी अन्य पक्राउ पर्नेहरूमा रामाकृत प्रसाद गुप्ता, शेख रहामुल्ला, शेख ताहिद, राजिन्द्र चौधरी, सुनिता देवी, पृथ्वीनारायण महतो कोइरी, र सनेलाल भगत लगायत रहेको प्रवक्ता रायले जानकारी दिए ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत यस आर्थिक वर्षको साउनदेखि फागुन २२ गतेसम्म ८ सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

उता विभिन्न नाका हुँदै भन्सार छलेर भित्र्याइएको दुई लाख ९० हजार २९० रुपैयाँ बराबरको लत्ताकपडा, किराना सामान, पाँच थान गाई र तीन वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीको लागि बिहीबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ३२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी