शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु « Khabarhub

शिक्षामन्त्री भट्टराई भन्छिन्- टाँका खोलेँ, चाँडै काममा निस्कन्छु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । उनले सफल शल्यक्रिया भएको र स्वास्थ्यमा निरन्तर सुधार आएकाले चाँडो काममा निस्कने बताएकी छन् । 

घाँटीको शल्यक्रिया सकेर शुक्रबार अस्पतालमा टाँका खोलिएको र केही दिनपछि पुनः काममा निस्किने जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी छन् । 

स्वास्थ्यमा समस्या देखिएपछि उनी फागुन ८ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचाररत थिइन् । 

घाँटीमा फोका आएर सुन्निएपछि उनी  शिक्षण अस्पताल भर्ना भएकी हुन् । फागुन ६ गतेबाट उनी मन्त्रालय जान सकेकी छैनन् । 

यस्तो छ शिक्षामन्त्री भट्टराईको फेसबुक स्ट्याटस : 

हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दछु ।
मिति २०८१र११र०९ गतेको दिन स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको थिएँ । मिति २०८१र११र१५ गते मेरो घाटीको शल्यक्रिया सम्पन्न भयो । आज मिति २०८१ र ११र२३ गते अस्पतालमा उपस्थित भएर टाका खोलिएको छ र केही दिनको आराम पछि पुनः काममा निस्किने छु ।
मेरो शल्यक्रिया कुशलतापूर्वक सम्पन्न गर्नुहुने वरिष्ठ शल्यचिकित्सक डा। कुञ्जन आचार्य, डा। प्रशान्त त्रिपाठी तथा एनेस्थेसियोलजिष्ट डा। मेघा कोइराला र वहाँहरूको टिममा समावेश सबै चिकित्सक तथा नर्सहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
त्यसै गरी, मेरो उपचारका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने श्वासप्रश्वास विशेषज्ञ डा.सन्तकुमार दास, नाक(कान(घाँटी विशेषज्ञ प्रा.डा.पविना रायमाझी, डा.रवीन्द्र प्रधानाङ्ग, प्रा.डा. बिभु प्रधान, प्रा.डा.नरमाया थापा, डा। उर्मिला गुरुङ, डा.मतीना सायमी (एन्डोक्राइन), डा.नरेश पराजुली (एन्डोक्राइन), डा.राहुल पाठक (ग्यास्ट्रो एण्ड मेडिसिन), डा.निरज बम (श्वासप्रश्वास मेडिसिन), डा. मिलन गैरे (आन्तरिक मेडिसिन), नर्सिङ निर्देशक कल्पना पिया, नर्सिङ सुपरभाइजर जयन्ती राई, नर्सिङ इन्चार्ज दिलमाया बुढाथोकी र कल्पना अधिकारी सहित सबै प्रकारले सहयोग गर्नुहुने सम्पूर्ण चिकित्सक र नर्सहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु ।
 उपचारको सुरुवातदेखि नै आवश्यक परामर्श तथा मार्ग निर्देशन गर्नुहुने चिकित्सा शास्त्र अध्ययन  संस्थानका डिन प्रा.डा. मोहन शर्मा, पूर्व डिन प्रा डा.दिव्या सिंह शाह, अस्पताल निर्देशक प्रा.डा.सुभाष आचार्य, सहायक निर्देशक डा. सामरिका दाहाल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ध्रुव रिमाल सरप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्दछु ।
त्यसै गरी, मेरो उपचारका क्रममा खटिनु हुने सम्पूर्ण वरिष्ठ चिकित्सक, चिकित्सक, नर्स, कर्मचारी तथा अस्पतालका सहयोगीहरूले देखाउनु भएको माया र सद्भावका लागि म हृदयदेखि नै आभारी छु । वहाँहरू सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५९ बजे

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु