वर्षमानले भने- आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा जनता छैनन्  « Khabarhub

वर्षमानले भने- आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्था मासेर राजतन्त्र फर्काउने पक्षमा जनता छैनन् 


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले केही राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । 

रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै पुनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए । 

जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा जन्मिएकै आधारमा शासक हुने व्यवस्थाको पक्षमा कोही नरहेको पुनको भनाइ थियो  । 

‘केही राजावादीहरू सडकमा अढाई सय वर्षसम्म वंश परम्परामा चलेको राजतन्त्र ल्याउने कुरा गर्दै हिँडेको सुन्दा अचम्म लाग्छ’, पुनले भने, ‘आफ्ना छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा जनता छैनन् । गणतन्त्र भनेको पाँच वर्षका लागि राष्ट्रपति चुन्ने र मन नपरे फेरि अर्को ल्याउने प्रजातान्त्रिक व्यवस्था हो । राजतन्त्र ल्याउने कुरा गरेर राजावादीहरूले रमाइलो गरिरहेका छन् ।’

सामन्ती एकाधिकारवादी राजतन्त्र र विचार, आस्था र उद्देश्यविहनि लोकप्रियतावादीहरूको नेपालमा राजनीतिक भविष्य नरहेको पुनले बताए । एकात्मक राजतन्त्रात्मक व्यवस्था मुलुकको माटो सुहाउँदो नरहेको निष्कर्षसहित दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको स्मरण उनले गरे । संविधान र कानूनभन्दा माथि अमुक राजा महाराजा नहुने र जनता नै सबै अधिकारको केन्द्र भएको पुनले स्पष्ट गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : १८ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र