दीपक मनाङेको सजाय २० प्रतिशत घट्यो, अब एक वर्ष जेल बसे पुग्‍ने « Khabarhub

दीपक मनाङेको सजाय २० प्रतिशत घट्यो, अब एक वर्ष जेल बसे पुग्‍ने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका निलम्बित सांसद राजीव गुरूङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई भुक्तान गर्न बाँकी सजायको २० प्रतिशत छुट दिन सरकारको नाममा आदेश दिएको हो ।

मनाङेले यही फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि निवेदन दिएका थिए । त्यही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको अदालतका सूचना अधिकारी दीपकुमार श्रेष्ठले खबरहबलाई बताए ।

मुलुकी ऐन दण्ड सजायको ४१ (क) मा अन्तिम फैसलाको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ । त्यही व्यवस्थाअनुरुप मनाङेले २० प्रतिशत सजाय छुट पाएका हुन् ।

जिल्ला अदालतको आदेशसँगै अब मनाङेको कैद सजाय अवधि पनि १ वर्ष घट्ने भएको छ । गत कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे कात्तिक २७ गते सानोभर्‍याङबाट पक्राउ परेर अहिले डिल्ली बजार जेलमा छन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य मनाङे प्रदेश सभाको दुई कार्यकालमा ५ वर्ष मन्त्री भएका थिए । काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि जेल पठाइएको छ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भए । मनाङेले यसअघि नै २ वर्ष ८ महिना जेल सजाय काटिसकेका छन् । अब उनले २ वर्ष ४ महिना जेल सजाय काट्नुपर्ने थियो । अब उनले एक वर्ष जेल बसे पुग्ने भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : २५ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल