एलन मस्कलाई धक्का- महत्वाकांक्षी स्पेसएक्स रकेट विस्फोट, दोस्रो पटक पृथ्वीमा खसे भग्नवाशेष « Khabarhub

एलन मस्कलाई धक्का- महत्वाकांक्षी स्पेसएक्स रकेट विस्फोट, दोस्रो पटक पृथ्वीमा खसे भग्नवाशेष


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

बिहीबार टेक्सासबाट लन्च गरिएको केही बेरमै अर्बपति व्यापारी एवम् अमेरिकामा ट्रम्प प्रशासनका सदस्यद एलन मस्कको कम्पनी स्पेसएक्सको एक रकेटमा विस्फोट भएको छ।

अन्तरिक्षमा पठाइएको उक्त रकेट विस्फोट भएपछि अमेरिकामा कयौँ विमानस्थलमा हवाई उडान नै रद्द गर्नुपरेको छ। उक्त अन्तरिक्ष यानका भग्नवाशेषलाई लिएर अमेरिकी प्रशासनले चेतावनी जारी गरेपछि एयरपोर्ट बन्द गरिएको थियो ।

स्पेसएक्सले चालक दलका सदस्यबिनाको अर्थात् मानवरहित स्पेसशिप अन्तरिक्षमा जाने क्रममा गायब भएको थियो । उक्त यानसँग अहिले सम्पर्कविच्छेदको अवस्था रहेको बताइएको छ।

अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपणको केही समयपछि पृथ्वीमा रहेको नियन्त्रण कक्षबाट सम्पर्कविहीन भएको थियो ।

यस घटनामा कसैलाई कुनै किसिमको चोट लागेको छैन । तर क्यारिबियन सागरकोके द्वीपीय देशबाट आएका तस्बिरहरूमा आकाशबाट आगोमा परिणत भएको भग्नवाशेष पृथ्वीतिर झरिरहेको देखिएको छ ।

यो अन्तरिक्ष यन परीक्षणको आठौं मिसन थियो । मस्कको कम्पनीको यान लगातार दुई पटक विस्फोट भएर असफल भइसकेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ४० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका