प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन « Khabarhub

प्रदेश प्रमुखलाई आदिवासी जनजाति आयोगले बुझायो वार्षिक प्रतिवेदन


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई आदिवासी जनजाति आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई शुक्रबार बुझाएको हो । 

आयोगले गरेका गतिविधि, आदिवासी जनजातिको तथ्याङ्क, उनीको अवस्था, राजनीतिमा आदिवासी जनजातिको पहुँच लगाएतका विषयहरू समेटिएको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइएको हो । आयोग सदस्य सूर्यबहादुर गुरुङले प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । 

प्रदेश प्रमुख मियाँले आदिवासी जनजाति आयोगको प्रतिवेदन अध्ययन गर्ने बताए । उनले प्रतिवेदनमा समावेश भएका विषयमा प्रदेश सभा सदस्यहरूलाई आवाज उठाउन लगाउने उनले बताएका छन् । उनले प्रदेशमा रहेका आदिवासी जनजातिहरूको पक्षमा प्रदेश सभामा बोल्न लगाउने बताएका हुन् । 

आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पहल गर्ने बताएका छन् । आयोगले अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण सम्बन्धी अन्तरक्रिया गरेको छ। 

आयोगका सदस्य गुरुङले सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशको तुलनामा आदिवासीहरूको सङ्ख्या कम रहेको बताएका छन् । उनले आयोगको प्रतिवेदनमा सुदूरपश्चिमको अवस्थाको विषयमा छुट्टै लेखिएको समेत बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५४ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र