मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी « Khabarhub

मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् ।

शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो।

ढकाल पक्षको प्यानलबाट चुनावी मैदानमा उत्रिएका पाँचैजना पदाधिकारीले जित निकालेका छन्।

निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ । परिणामअनुसार ढकाल पक्षका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मतसहित जित निकालेका छन् ।

अध्यक्ष ओली, महासचिव पोखरेल, स्थायी कमिटी सदस्यहरू शेरधन राई र हिक्मत कार्कीकोसमेत साथ पाएका संस्थापन पक्षीय राजकुमार ओझाले ४०७ मत ल्याएका छन् ।

उपाध्यक्षमा ढकाल पक्षकै प्यानलबाट सागर थापाले ४२२ मतसहित बाजी मारेका छन् । उता संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१ मत ल्याइन् ।

सचिवमा पनि ढकाल पक्षको प्यानलका सोमराज थापाले ४६२ मतसहित जित निकाले । संस्थापनका रविन थापाले ३६८ मतसहित हार ब्यहोरे ।

उपसचिवमा पनि ढकाल पक्षीय प्यानलका सन्तोष बान्तवाले ४९० ल्याएर बाजी मारे । संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ मतसहित पराजित भए । उता महिला सचिवमा पनि ढकाल समूहकी उषा झाले ४१८ मतसहित विजयी भइन् । संस्थापनकी शिल्पा कार्कीले ४०५ मतसहित हार भोगिन् ।

अध्यक्ष
अजम्बर राई : ४४६ विनोद ढकाल समूह
राजकुमार ओझा : ४०७ केपी ओली समूह

उपाध्यक्ष
सागर थापा : ४२२ विनोद ढकाल समूह
शान्ति लिम्बू भुजेल : ३९१ केपी ओली समूह

सचिव
सोमराज थापा : ४६२ विनोद ढकाल समूह
रविन थापा : ३६८ केपी ओली समूह

उपसचिव
सन्तोष वान्तवा : ४९० विनोद ढकाल समूह
इर्जालाल राजवशीं : ३११ केपी ओली समूह

उपसचिव महिला
उषा झा : ४१८ विनोद ढकाल समूह
शिल्पा कार्की : ४०५ केपी ओली समूह

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ०८ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो

स्थानीय तहले फेरि एकपटक भूउपयोग परिवर्तन सक्ने

काठमाडौं – भूउपयोगको वर्गीकरण गरिसकेका स्थानीय तहले पनि फेरि एकपटक

जापानी कलाकारले फ्यानलाई काखी सुँघाएपछि…

काठमाडौं- जापानको मनोरञ्जन उद्योगमा ‘आइडल कल्चर’ को विशेष महत्व छ

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा