‘लोडसेडिङ कुलमानले हटाएको होइन, आजै पनि भारतबाट हजार मेगावाट आइरहेको छ’ « Khabarhub

‘लोडसेडिङ कुलमानले हटाएको होइन, आजै पनि भारतबाट हजार मेगावाट आइरहेको छ’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले खड्काले यस्तो बताएका हुन् ।

कुलमानलाई हटाउन लागिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए ।

उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । ‘भारतकै बिजुलीले नेपालको लोडसेडिङ हटेको हो, कोही व्यक्तिले गरेर होइन’, उनले भने, ‘आजै पनि भारतबाट नेपालमा एक हजार मेगावाट बिजुली आयात भइरहेको छ।’

भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई दिएर ठूलो सहयोग गरेको उनले बताए । भारतकै बिजुली आइरहेकाले अहिले नेपालमा लोडसेडिङ नभएको उनले दोहोर्‍याएका छन् । कुलमानले भने जस्तो प्राधिकरणको नाफाको विषय पनि छानबिन भइसकेपछि थाहा हुने खड्काले बताएका छन् ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको भएको जिकिर गरेका खड्काले कर्मचारीहरू अनुशासित हुनुपर्ने पनि दाबी गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्