‘लोडसेडिङ कुलमानले हटाएको होइन, आजै पनि भारतबाट हजार मेगावाट आइरहेको छ’ « Khabarhub

‘लोडसेडिङ कुलमानले हटाएको होइन, आजै पनि भारतबाट हजार मेगावाट आइरहेको छ’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले खड्काले यस्तो बताएका हुन् ।

कुलमानलाई हटाउन लागिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए ।

उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । ‘भारतकै बिजुलीले नेपालको लोडसेडिङ हटेको हो, कोही व्यक्तिले गरेर होइन’, उनले भने, ‘आजै पनि भारतबाट नेपालमा एक हजार मेगावाट बिजुली आयात भइरहेको छ।’

भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई दिएर ठूलो सहयोग गरेको उनले बताए । भारतकै बिजुली आइरहेकाले अहिले नेपालमा लोडसेडिङ नभएको उनले दोहोर्‍याएका छन् । कुलमानले भने जस्तो प्राधिकरणको नाफाको विषय पनि छानबिन भइसकेपछि थाहा हुने खड्काले बताएका छन् ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको भएको जिकिर गरेका खड्काले कर्मचारीहरू अनुशासित हुनुपर्ने पनि दाबी गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २२ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने