बामदेव भन्छन्- एमालेसँग एकताको च्याप्टर क्लोज भइसकेको छैन, ओलीले बोलाए जान्छौँ « Khabarhub

बामदेव भन्छन्- एमालेसँग एकताको च्याप्टर क्लोज भइसकेको छैन, ओलीले बोलाए जान्छौँ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भई नसकेको बताएका छन् । 

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भई नसकेको बताएका हुन् । 

एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफु एमालेमा जाने उनले बताए । त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

उनले नेपालको कम्युनिष्ट पार्टीहरूलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे । आफ्नो अभियानमा रहेका सदस्यहरूले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफूले त्यही अनुसार छलफल मात्रै गरेको उनले बताए ।  

गौतमले केहि समयअघि माधव नेपालसँग पनि केही छलफल भएको तर एकताका बारे भने कुनै निर्णय नभएको जानकारी दिए ।  

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : २८ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको