महानगरले भन्यो : धर्मका नाममा गुण्डागर्दी भयो | Khabarhub Khabarhub

महानगरले भन्यो : धर्मका नाममा गुण्डागर्दी भयो


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

पोखरा । मानव सेवा फाउन्डेसनले अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा असहज परिस्थिति सिर्जना भएको छ। उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा जबरजस्ती भूमिपूजन गर्न खोजिएपछि झडपसमेत भएको छ ।

महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले यो स्थानीय सरकारको क्षेत्राधिकार उल्लङ्घन भएको महानगरले जनाएको छ। धर्मको नाममा गुण्डागर्दी शैली अपनाउँदै बाहिरी व्यक्तिहरूलाई समेत ल्याई हतियारसहित आक्रमण गर्न खोजिएको महानगरले आरोप लगाएको छ ।

विवादास्पद छविका विजय भण्डारीको नेतृत्वमा परिचालित समूहको आक्रमणबाट ११ जना महानगर प्रहरी घाइते भएका छन्। टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरूको पोखराका मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

महानगरले धार्मिक सहिष्णुतालाई भड्काउने, समाजलाई विभाजित गर्ने र शान्ति खलबल्याउने नियतले गरिएको यो कार्य कानुनी रूपमा दण्डनीय रहेको स्पष्ट पारेको छ। मानव सेवा फाउन्डेसनले वैशाखबाट कोटीहोम गर्ने बताउँदै आए पनि यथास्थितिमा त्यो हुन नसक्ने पोखरा महानगरपालिकाले स्पष्ट पारेको छ।

महानगरले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारवाही गर्न प्रशासनसमक्ष माग गरेको छ। साथै, ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न फाउन्डेसनका गतिविधि कानुन विपरीत भएकाले रोक्न सबैलाई आग्रह गरेको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जारी गरेको विज्ञप्तिमा महानगर क्षेत्रभित्रका सबै धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, कानुन विपरीतका कुनै पनि कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई चेतावनी दिइएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ४९ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली