सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे « Khabarhub

सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।

जर्मनीको भ्रमणमा रहेका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्री पाण्डेको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् ।

उनले विश्वका अन्य देशमा रहेका नेपाली सम्पदाहरु फिर्ता ल्याउने काम सरकार, विभिन्न संस्था तथा विद्वानहरूबीचको सहकार्यबाट हुँदै आएको बताए ।

नेपालका प्रचिन ग्रन्थ तथा लिखित सम्पदालाई जर्मनीमा सुरक्षित रूपमा संरक्षण गरिएको पाउँदा आफूलाई खुशी लागेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रोफेसर माइकल्स र उनको टोलीले महत्वपूर्ण सम्पदाको संरक्षणका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले भन्नुभयो, तपाईंहरूको इच्छाशक्ति र प्रयासबाट यी महत्वपूर्ण सामग्री नेपाल फर्काउने प्रक्रिया अघि बढ्दैछ, यसबाट ति सम्पदाहरु पहिलेकै स्थानमा पुनःस्थापित गर्न सकिनेछ ।

नेपालका लिखित तथा निभिन्न सम्पदाको संरक्षणमा जर्मनीसँग लामो समयदेखि नेपालले काम गरिरहेको र नेपाल–जर्मनबीच पाण्डुलिपि संरक्षण परियोजना ४० वर्षभन्दा बढी सञ्चालनमा रहेको उल्लेख गर्दै यसबाट हजारौं पाण्डुलिपिहरू सुरक्षित राख्न सहयोग पु¥याएको र यो अझै जारी रहेको मन्त्री पाण्डेले बताए।

उनले अगाडि भने, ‘हाइडेलबर्ग विश्वविद्यालय अन्तर्गतको दक्षिण एसियाली संस्थानले नेपालमा दशकौँदेखि आफ्नो शाखा कार्यालय सञ्चालन गर्दै आएको छ । भविष्यमा पनि विश्वविद्यालय, संस्था, तथा अन्य सरोकारवालाबीच सहकार्यका लागि नेपाल सरकार तयार छ ।’

मन्त्री पाण्डेले राष्ट्रिय अभिलेखालयले जर्मनीका विश्वविद्यालयहरूसँग लामो समयदेखि सहकार्य गर्दै आएको र यसबाट जसले यी सामग्रीको संरक्षणमा महत्वपूर्ण योगदान पुगेका बताए ।

सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रूपाखेतीले जर्मनीमा रहेको महत्वपूर्ण पाण्डुलिपिहरु तथा अन्य सम्पदा नेपाल फर्कउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : २३ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा