सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे « Khabarhub

सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ : मन्त्री पाण्डे


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।

जर्मनीको भ्रमणमा रहेका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्री पाण्डेको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन् ।

उनले विश्वका अन्य देशमा रहेका नेपाली सम्पदाहरु फिर्ता ल्याउने काम सरकार, विभिन्न संस्था तथा विद्वानहरूबीचको सहकार्यबाट हुँदै आएको बताए ।

नेपालका प्रचिन ग्रन्थ तथा लिखित सम्पदालाई जर्मनीमा सुरक्षित रूपमा संरक्षण गरिएको पाउँदा आफूलाई खुशी लागेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रोफेसर माइकल्स र उनको टोलीले महत्वपूर्ण सम्पदाको संरक्षणका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले भन्नुभयो, तपाईंहरूको इच्छाशक्ति र प्रयासबाट यी महत्वपूर्ण सामग्री नेपाल फर्काउने प्रक्रिया अघि बढ्दैछ, यसबाट ति सम्पदाहरु पहिलेकै स्थानमा पुनःस्थापित गर्न सकिनेछ ।

नेपालका लिखित तथा निभिन्न सम्पदाको संरक्षणमा जर्मनीसँग लामो समयदेखि नेपालले काम गरिरहेको र नेपाल–जर्मनबीच पाण्डुलिपि संरक्षण परियोजना ४० वर्षभन्दा बढी सञ्चालनमा रहेको उल्लेख गर्दै यसबाट हजारौं पाण्डुलिपिहरू सुरक्षित राख्न सहयोग पु¥याएको र यो अझै जारी रहेको मन्त्री पाण्डेले बताए।

उनले अगाडि भने, ‘हाइडेलबर्ग विश्वविद्यालय अन्तर्गतको दक्षिण एसियाली संस्थानले नेपालमा दशकौँदेखि आफ्नो शाखा कार्यालय सञ्चालन गर्दै आएको छ । भविष्यमा पनि विश्वविद्यालय, संस्था, तथा अन्य सरोकारवालाबीच सहकार्यका लागि नेपाल सरकार तयार छ ।’

मन्त्री पाण्डेले राष्ट्रिय अभिलेखालयले जर्मनीका विश्वविद्यालयहरूसँग लामो समयदेखि सहकार्य गर्दै आएको र यसबाट जसले यी सामग्रीको संरक्षणमा महत्वपूर्ण योगदान पुगेका बताए ।

सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रूपाखेतीले जर्मनीमा रहेको महत्वपूर्ण पाण्डुलिपिहरु तथा अन्य सम्पदा नेपाल फर्कउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : २३ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको