आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी | Khabarhub Khabarhub

आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध २८६ रन बनाएर ४४ रनको जित निकाल्दै शानदार सुरुवात गरेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेल गुमाएको छ। आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ। गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।

यस सिजनको आईपीएलमा साविक उपविजेता हैदरावादले गएराति लगातार चौथो पराजयको सामना गरेको हो। आइतबार भएको खेलमा हैदरावादले दिएको १५३ रनको लक्ष्य गुजरातले ३ विकेटको क्षतिमा २० बल बाँकी रहँदा पुरा गरेको हो।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ६१ रन जोडे। यसैगरी वासिङ्टन सुन्दरले मोहम्मद सामीको बलमा आउट हुनु अघि २९ बलमा ४९ रन जोडे। सेरफाने रुदरफोर्डले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३५ रन जोडे।

गुजरात सुरुवातमा धरमराएको थियो। चौथो ओभरको पाँचौँ बलमा दोस्रो विकेटको रूपमा जोस बटलरलाई गुमाउँदा गुजरातले १६ रन जोडेको थियो। साइ सुदर्शनलाई ५ रनमा सामीले आउट गरेका थिए भने बटलरलाई शून्य रनमा प्याट कुमिन्सले आउट गरे।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। हैदरावादलाई नितिसकुमार रेड्डीले ३१ रन जोडे। उनले यसका लागि ३४ बल खेलेका थिए। हेन्रिक क्लासेनले २७ तथा कप्तान प्याट कुमिन्सले अविजित २२ रन जोडे। ९ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

गुजरातका मोहम्मद सिराजले हैदरावादविरुद्ध घातक बलिङ गरे। उनले चार ओभरमा १७ रन खर्चेर चारविकेट लिए। यसैगरी प्रसिद्ध कृष्णले चार ओभरमा २५ रन खर्चेर दुई विकेट हात पार्दा साइ किशोरले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। खेलमा सिराज प्लेयर अफ द म्याच चुनिए।

हैदरावाद ५ खेलमा २ अंक जोडेर पुछारमा छ। लगातार तेस्रो जित हात पारेको गुजरात ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। आईपीएल अन्तर्गत मंगलबार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बंग्लोरु भिड्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

JPG converted with https://ezgif.com/webp-to-jpg

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : १० बजे

कार्लो एन्सेलोटीको डेब्युमा इक्वेडरसँग बराबरीमै चित्त बुझायो ब्राजिलले

काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत बिहीबार इक्वेडरविरुद्धको खेलमा ब्राजिल गोलरहित

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

ओखलढुङ्गा– ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : महामन्त्री थापा

विराटनगर– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३