शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी « Khabarhub

शेयर संकटमा ट्रम्पलाई छैन चासो : आफ्नो नीति आवश्यक भएको दाबी

अर्बौ भित्रने उनको विश्वास


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थ नीतिले विश्वको शेयर कारोबारमा संकट देखिए पनि उनी आफ्नो नीतिमा अडिग रहेका छन्। ट्रम्पले यसले अमेरिकामा १० औँ अर्ब डलर भित्रने दाबी गर्दै राम्रो कुराका लागि समय लाग्ने र केही चुनौती हुने बताएका छन्।

ट्रम्प नीतिले दक्षिण कोरिया र जापानको सेयर बजारलाई एकै पटक असर गरेको छ। सोमबार मार्केट खुला भए पनि जापानको निक्केइ २५ मा १.८ प्रतिशत गिरावट आएको छ भने दक्षिण कोरियाको कोस्पी चार प्रतिशत भन्दा बढी ओरालो लागेको छ।

अमेरिकामा पनि शेयर कारोबार शुक्रबारदेखि नै ओरालो लाग्नेक्रम जारी छ। एयर फोर्स वानका सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले केही कुराको सुधार गर्नका लागि केही संकट सामना गर्ने बताए।

उनले केही समयमा अमेरिकामा रोजगारी र लगानी फिर्ता हुने बताउँदै केही सुधारका लागि नयाँ काम आवश्यक रहने बताए। उनले चीन, युरोपेली युनियन अन्य धेरै देशसँगको व्यापारमा अमेरिकालाई घाटा भएको हुँदा यसलाई सुधार गर्न यो नीति लिएको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ६ : ३७ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै