सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य  « Khabarhub

सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य 


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेका स्थानीयको सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो ।

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका- ७, ८ र ९ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर  सेवा प्रवाह गरेको उनको भनाइ छ ।

‘यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या थियो’ उपाध्यक्ष राई भनिन्, ‘सामान्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । जनप्रतिनिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ ।’

नागरिकलाई सहज रुपमा स्वास्थ्यसेवा पुर्‍याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन् । भौगोलिक रुपमा विकट रहेका अन्य स्थानमासमेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन् ।

सामान्य रुघाखोकी तथा जीवनजल लिनका लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ- ५ का रमेश विष्टले बताए ।

स्वास्थ्य इकाई स्थापनाले  यहाँका नागरिकले  तीनदेखि चार घण्टा समय  लगाएर अन्य ठाउँमा सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भएपछि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीय देवबहादुर विष्टले बताए । स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनका लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०५ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले