राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै « Khabarhub

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

बैठक दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्ने महामन्त्री राजाराम बतौलाले जानकारी दिए ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाका विषयमा अध्यक्ष थापाबाट ‘ब्रिफिङ’ हुने बताइएको छ ।

तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइको बारेमा समेत छलफल हुने बताइएको छ ।

राप्रपा नेपालले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूलाई निःशर्त गर्नुपर्ने धारणा यस अघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ११ : ३२ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको