घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय « Khabarhub

घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौँ समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ ।

सबैलाई आफ्नो घरमा हमेशा सुख-शान्ति रहोस् भन्ने चाहना हुन्छ । तर कतिपय अवस्थामा बिना कुनै कारण कलह वा झगडाले परिवारबीच मनमुटाब हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । यसबाट बच्न के उपाय गर्ने त ?

१. जुन घरमा दैनिक झगडा हुन्छ त्यहाँ लक्ष्मीको वास हुँदैन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुँदैन ।

२. राती सुत्नु अघि पीतलको भाँडामा कपूर राखेर त्यसलाई गाइको शुद्ध घिउमा डुबाएर बालेमा घरमा मनमुटाब हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

३. मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दियो बालेर अष्टगन्धा बाली त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मिक मान्यता छ ।

४. कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

५. घर पुछ्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मिक विश्वास छ ।

६. जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महिनामा एक पटक सत्यनारायणको पूजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरिन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ०८ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,