भारतीय शेयर बजार ‘क्र्यास’ « Khabarhub

भारतीय शेयर बजार ‘क्र्यास’


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी देश भारतको शेयर बजारमा भारी गिरावट आएको छ । भारतीय सञ्चारमाध्यमले सोमबार बजार ‘क्र्यास’ भएको टिप्पणी गरेका छन् ।

सोमबार मध्यान्ह १२ बजे भारतीय शेयर बजार मापक बीएसई सेन्सेक्स सोमबार ३.७३ प्रतिशत ओरालो लागेको छ । सोमबार मध्यान्ह १२ बजे सेन्सेक्स २ हजार ८ सय १२ दशमलब ९९ अंकले ओरालो लाग्दै ७२ हजार ५ सय ५१ दशमलब ७० विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला कम्पनीको शेयर मापक निफ्टी ५० पनि ओरालो लागेको छ । सोमबार निफ्टी ५० पनि ९ सय २३ दशमलब ७० अंकले ओरालो लाग्दै २१ हजार ९ सय ८० दशमलब ७५ विन्दुमा झरेको छ ।

अघिल्लो दिन सेन्सेक्स ७५ हजार ३६४ अंकमा बन्दमा बन्द भएको थियो । आज बजार खुलेको केही समयमै सेन्सेक्स उच्च अंकले घटेको थियो ।

भारतबाट अमेरिका निर्यात हुने वस्तुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त २६ प्रतिशत भन्सार महशुल वृद्धिको घोषणा गरेसँगै निरन्तरजसो भारतीय शेयर बजार घटिरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ०७ बजे

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक