भारतीय शेयर बजार ‘क्र्यास’ « Khabarhub

भारतीय शेयर बजार ‘क्र्यास’


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी देश भारतको शेयर बजारमा भारी गिरावट आएको छ । भारतीय सञ्चारमाध्यमले सोमबार बजार ‘क्र्यास’ भएको टिप्पणी गरेका छन् ।

सोमबार मध्यान्ह १२ बजे भारतीय शेयर बजार मापक बीएसई सेन्सेक्स सोमबार ३.७३ प्रतिशत ओरालो लागेको छ । सोमबार मध्यान्ह १२ बजे सेन्सेक्स २ हजार ८ सय १२ दशमलब ९९ अंकले ओरालो लाग्दै ७२ हजार ५ सय ५१ दशमलब ७० विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला कम्पनीको शेयर मापक निफ्टी ५० पनि ओरालो लागेको छ । सोमबार निफ्टी ५० पनि ९ सय २३ दशमलब ७० अंकले ओरालो लाग्दै २१ हजार ९ सय ८० दशमलब ७५ विन्दुमा झरेको छ ।

अघिल्लो दिन सेन्सेक्स ७५ हजार ३६४ अंकमा बन्दमा बन्द भएको थियो । आज बजार खुलेको केही समयमै सेन्सेक्स उच्च अंकले घटेको थियो ।

भारतबाट अमेरिका निर्यात हुने वस्तुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त २६ प्रतिशत भन्सार महशुल वृद्धिको घोषणा गरेसँगै निरन्तरजसो भारतीय शेयर बजार घटिरहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ०७ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को