बुटवल पावरले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

बुटवल पावरले हकप्रद शेयर जारी गर्ने 


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यस अघि घोषणा गरेको एफपीओ निष्कासन नगरी हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । 

बुढाथोकीका अनुसार कम्पनीको गत बिहीबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीको एक करोड कित्ता शेयर प्रति शेयर १०० का दरले एफपीओ निष्कासनको प्रक्रियामा रहेको थियो । तर कम्पनीले त्यसलाई रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभामा पेस गर्ने बुढाथोकीले जानकारी दिएका छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ बराबरको रहेको छ । प्रस्तावित हकप्रद शेयर रकम १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ हुन आउने छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको