मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको अवस्था बारे कानुन समितिले स्थलगत अनुगमन गर्ने      « Khabarhub

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको अवस्था बारे कानुन समितिले स्थलगत अनुगमन गर्ने     


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले विभिन्न चार टोली बनाएर विभिन्न स्थानका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा आगामी वैशाख महिनामा स्थलगत अनुगमन गर्ने निर्णय गरेको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् । 

जस अनुसार ढोरपाटन सिकार आरक्षण अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्ला र बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिने सभापति सुवेदीले बताइन् । 

त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पु वन्यजन्तु आरक्षण अन्तर्गतको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाको बारेमा स्थलगत अनुगमन गरिने उनले जानकारी दिइन् ।  

स्थलगत अनुगमनपछि समितिमा प्रतिवेदन पेश गर्न विभिन्न चार टोलीलाई निर्देश गरिएको छ । मध्यवर्ती क्षेत्रमा मानिस, वन्यजन्तु र वनका कर्मचारीबीच सङ्घर्ष देखिएकाले सो क्षेत्रमा बसोबास गर्नेहरूको मानव अधिकारको विषयमा अध्ययन गर्न लागिएको समिति सभापति सुवेदीले बताइन् । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ४५ बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,