दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा ! « Khabarhub

दुर्गेशलाई एक्सन फिल्मको हिरो बन्ने इच्छा !


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्गेश थापाको चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ मा एक हरफ छ– ‘आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ !’

यो गीत भाइरल भएपछि स्टेज कार्यक्रममा दुर्गेशको पुनरागमन भएको छ । नायक पल शाह बलात्कार मुद्दामा मुछिएपछि विवादमा आएका दुर्गेश कलाकारितामा निष्क्रियजस्तै भएका थिए । ‘दुश्मन हेरेको हेर्‍यै’ बाट उनकाे पुनरागमन भएको छ ।

गीतका लाइनमा दुर्गेशले दाबी गरेजस्तै आज-भोलि दुर्गेशको गीत फिल्ममा बिक्न थालेका छन् । उनले चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘कर्मा’ को टाइटल गीतमा स्वर दिएका छन् । अभिनय पनि उनैकाे छ । गीतमा सङ्गीत र शब्द पनि दुर्गेशकै रहेको छ ।

यस गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, मुकुन भुसाल र उपासना सिंह ठकुरीभन्दा दुर्गेश नै हाबी देखिन्छन् ।

फिल्म ‘कर्मा’ काे टिमले न्युरोडको एक हलमा आइतबार आयोजना गरेको उक्त गीतको सार्वजनिक कार्यक्रममा दुर्गेश थापा पनि उपस्थित थिए । बजारमा अत्यधिक माग रहेका दुर्गेशलाई फिल्ममा अभिनय रुचिबारे प्रश्न गरिएको थियो ।

प्रश्नको जवाफमा दुर्गेशले आफूलाई पनि नायक बन्ने इच्छा रहेको बताए । कलाकारिता क्षेत्रको अन्त्य बिन्दू नै फिचर फिल्म भन्ने भाष्य निर्माण भएको यस क्षेत्रमा आफूलाई पनि नायकका रुपमा परिचित बन्ने रुचि रहेको दुर्गेशले बताए ।

उनले भने, ‘मैले भनेजस्तो स्क्रिप्ट पाएँ भने चाहिँ फिल्म अवश्य नै गर्ने छु । जस्तो ट्रेन्डमा फिल्म बन्छन्, त्यस्तैमा प्रस्ताव आए काम गर्छु ।’

यद्यपि आफूलाई एक्सन नायकको रुपमा प्रस्तुत गर्ने इच्छा बढी रहेको उनले सुनाए । उनले अगाडि भने, ‘मलाई चाहिँ एक्सन फिल्म मनपर्छ । मेरा भिडियोहरू दर्शकले मन पराएको देख्दा मलाई एक्सन नै सुहाउँछ जस्तो लाग्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ०० बजे

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौं – निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक