कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने « Khabarhub

कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुन माबोहाङले जानकारी दिए ।

शुभारम्भको आयोजना प्रदेश सरकारले गर्ने छ भने सहकार्य लालीगुराँस नगरपालिकाले गर्ने नगर प्रमुख माबोहाङले बताए ।

पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने नगर प्रमुख माबोहाङले जानकारी दिए ।

‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने छन् ।

यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।

कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवर्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।

लालीगुराँस नगरपालिका नगर प्रमुख माबोहाङले सूचना जारी गर्दै कार्यक्रममा उपस्थितिका लागि आह्वान गरेका छन् । शुभारम्भ कार्यक्रमको अध्यक्षता प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ३६ बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,