शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग « Khabarhub

शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवादको पहल गर्नुपर्ने बताएका छन् । 

शिक्षा विभाग प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरले सोमबार विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीले शिक्षकका माग सम्बोधनका लागि संवादको पहल गर्नुपर्ने बताएका हुन् । 

‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासङ्घसँग यस अघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।  

शैक्षिक सुधारका लागि सरकारसँग यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन पारित गर्नुपर्ने माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

आन्दोलनका लागि शिक्षक महासंघले घोषणा गरेको शैक्षिक आम हडतालका कारण देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : १६ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको