हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु « Khabarhub

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । 

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तिसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए । 

विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा एक अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको थियो । 

हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ४७ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार