पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ « Khabarhub

पत्रकार सुरेश रजक जलेको घरमा पसेकी एनी कुँवर पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते काठमाडौंको तीनकुनेस्थित एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु हुनुअघि पसेर निस्किएकी एनी कुँवर पक्राउ परेकी छन् ।

पत्रकार रजकले भिडियो खिचिरहेको बेला उक्त घरमा छिरेर निस्किएकी कुँवरलाई उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले पत्रकार रजक जलेको घरमा पसेकी एनीको भूमिका शंकास्पद देखिएकाले हिरासतमा लिइएको बताएका छन् ।

कुँवर तीनकुनेस्थित राजावादीले आगो लगाएको घरमा पत्रकार रजक जल्नुअघि पसेर निस्किएकी थिइन् । उनले बाहिर आएर पनि उक्त आगो लागेको घरबारे विवादित अभिव्यक्ति दिएकी थिइन् ।

एनी पनि एभिन्युजमा काम गरेकी पत्रकार हुन् । जिसीले अरूको घरमा अनुमति नलिई अनधिकृत रुपमा प्रवेश गरेर शंकास्पद गतिविधि गरेको तथ्यका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए । जिसीले उनी उक्त प्रकरणमा निर्दोष हुन सक्ने अवस्था छानबिनबाट देखिएको पनि बताएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ४८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु